पेरिस: पेरिस प्यारालम्पिक खेलहरूमा भारतीय दलको असाधारण प्रदर्शनको क्रम जारी रह्यो। धरमबीरले पुरुषहरूका क्लब थ्रो एफ५१ स्पर्धामा भारतलाई स्वर्ण पदक दिलाए। उनले ३४.९२ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ स्वर्णिम सफलता हासिल गरे। यसरी उनका साथी प्रणव सूरमाले ३४.५९ मीटरको थ्रो गरी रजत पदक जिते। यस स्पर्धामा भारतका अन्य एक प्यारा एथलीट अमित कुमार दशौं स्थानमा रहे। भारतले प्यारालम्पिकको क्लब थ्रो स्पर्धमा पदक जितेको यो पहिलोपल्ट हो। सर्बियाका जेल्को दिमित्रिजेविकले ३४.१८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ काँस्य पदक जिते। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता सोनीपतका ३५ वर्षीय धर्मबीर सबैभन्दा पहिला मैदानमा आए। उनले शुरुवाती चारवटा प्रयासमा फाउल गरेपछि पाँचौं प्रयासमा क्लबलाई ३४.९२ मीटरको दूरीमा फ्याँके अनि पूरा स्पर्धाको अवधि शीर्षमा रहे। एफ५१ वर्गमा ती खेलाड़ीहरूले हिस्सा लिन्छन्, जसको घाँटी, खुट्टा र हातको मूभमेण्ट धेरै प्रभावित हुन्छ। सबै प्रतियोगीहरूले बसेर प्रतिस्पर्धा गर्छन् तथा ताकत उत्पन्न गर्न काँध र हातमाथि निर्भर रहन्छन्।