वैष्णो देवी यात्रा शनिवार साँझसम्म पूर्ण रूपमा शुरू

vaishno-devi.jpg

नयाँ दिल्ली: अस्थायी रूपमा रोकिएको वैष्णो देवी यात्रा शनिवार साँझसम्म पूर्ण रूपमा शुरू गरिएको छ। भारी वर्षापछि अचानक आएको बाढ़का कारण अस्थायी रुपमा यात्रा रोकिएको थियो। शनिवार बिहान नयाँ ट्याक (ब्याटरी वाहन मार्ग) र यो मार्ग भएर पैदल यात्रा गर्ने अनुमति दिइएको थिएन, तर अबेर सॉंझसम्म यस मार्गमा व्याटरी वाहन र पैदल यात्रालाई अनुमति दिइयो।
श्रीमाता वैष्णो देवी श्राइन बोर्डका सीईओ अंशुल गर्गले बिहान ज्यानहानि अथवा सम्पत्तिलाई हानि पुगेको सूचना नरहेको बताउॅंदै स्थिति अहिले नियन्त्रणमा रहेको बताएका थिए। कटरादेखि वैष्णो देवी जाने तीर्थयात्रीहरूको आवागमन रोकिएको थियो। शनिवार अबेर सॉंझ मौसममा सुधार भएपछि र मार्गको स्थित ठीक भएपछि नयॉं ट्र्याकमा ब्याटरी वाहन सेवाका साथै पैदल यात्रीहरूलाइ जाने अनुमति दिइयो।

About Author

Advertisement