फेरिमा कोहिमामा पहिरोका कारण ६ जनाको मृत्यु

WhatsApp-Image-2024-09-05-at-10.01.22-1

डा हरिमोहन पोखरेल, कोहिमा

कोहिमा: नागाल्याण्डको विभिन्न ठाउँमा पहिरो गएको कारण जनधनको निक्कै हानी भएको समाचार छ। प्राप्त समाचार अनुसार गत तीन सेप्टेम्बरको राति निरन्तर परेको पानीका कारण पहिरो जाँदा ६ जनाको ज्यान गएको र धेरै घाइते भएका छन्। प्राप्त समाचार अनुसार त्यस पहिरोमा परेर धेरै मानिसहरु घरविहिन भएको पनि समाचार छ।

पहिरो गएको समाचार सुन्न साथ राज्यको आपदा प्रबन्धन विभाग, सेना र पुलिसलगायत स्थानीयहरुको सहयोगमा बचाउ र राहत कार्य भएको खबर छ। यस पहिरोले गर्दा इम्फाल -दिमापुर नेशनल हाइवे -२९ मा आवतजावत पुर्ण रूपमा बन्द भएको छ भने दिमापूर -कोहिमा भाया इम्फालको लागि अतिरिक्त हाइवे १० माइल -न्यूलेन हुँदै जोतोवा भएर जादिमा हुँदै कोहिमा -इम्फाल शुरु भएको खबर छ। यसका साथै कोहिमाको हाइड्रो शिव मन्दिर नजिकै पनि धेरै मात्रामा पहिरो गएकोले आवतजावतमा धेरै बाधा भएको खबर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement