टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा पाकिस्तानका बाबर आजम शीर्ष १०-बाट बाहिर

IMG-20240904-WA0365

दुबई: पाकिस्तानका स्टार खेलाड़ी बाबर आजमले बंग्लादेशविरुद्ध लगातार फ्लप शो-पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – द्वारा जारी पुरुष टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा आफ्नो स्थान गुमाएका छन्। बाबर दिसम्बर २०१९ पछि (तेह्रौं स्थान) पहिलोपल्ट शीर्ष दशबाट बाहिर भएका छन्। बाबरको पतनपछि शीर्ष दशमा पाकिस्तानका एकमात्र ब्याटरको रूपमा मोहम्मद रिजवान रहेका छन्। बंग्लादेशविरुद्ध दुईवटा टेस्ट म्याचको चारवटा ईनिंग्समा बाबरले केवल ६४ रन बनाएका थिए। गत केही समयदेखि टेस्ट क्रिकेटमा बाबरको फर्म राम्रो रहेको छैन। उनले टेस्ट प्रारूपमा गत १६ वटा ईनिंग्सदेखि एउटा अर्द्धशतक पनि बनाएका छैनन्, जसले टीम म्यानेजमेण्टको चिन्ता बढ़ाएको छ। ब्याटरहरूका सूचीमा ईंग्ल्याण्डको दिग्गज जो रुट शीर्षमा कायम छन्। अहिले रुटसँग ९२२ रेटिंग पोइण्ट्स रहेको छ, जुन दोस्रो स्थानमा रहने न्यूजील्याण्डका केन विलियम्सनभन्दा ६३ पोइण्ट्स अधिक हो। रुटले हालै श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याचको दुवै ईनिंग्समा शतक बनाएर ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक शतक बनाउने एलिस्टेयर कुकको रेकर्ड तोड़ेका थिए। रुट र विलियम्सनपछि अष्ट्रेलियाका स्टीव स्मिथ चौथो, ईंग्ल्याण्डका ह्यारी ब्रूक पाँचौं, भारतीय कप्तान रोहित शर्मा छैटौं, यशस्वी जयसवाल सातौं र विराट कोहली आठौं स्थानमा रहेका छन्। यसबाहेक अष्ट्रेलियाका उस्मान ख्वाजा नवौं र रिजवान दशौं स्थानमा रहेका छन्। भारतले यस महिना बंग्लादेशविरुद्ध दुईवटा टेस्ट म्याचको सीरीज खेल्नेछ । यसैकारण रोहित, कोहली र जयसवालको ऱ्याङकिंगमा अझ सुधार हुने सम्भावना छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *