गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एक शीर्षस्थ टोलीले प्रमूख संयोजक गणेश राईको नेतृत्वमा आज टासीलिङ सचिवालयमा राज्यका मुख्य सचिवसँग शिष्टाचार भेट गर्दै एक ज्ञापन बुझाएको छ।उक्त ज्ञापनमा राज्यका अस्थायी कर्मचारी र अनुबन्ध कर्मचारीहरूको स्थायीकरणको निम्ति अनिवार्य रूपमा क्षेत्र विधायकको सिफारिस आवश्यक नरहेको बताएको छ। पार्टीले कर्मचारीहरूको काममा निष्पक्षता र स्वतन्त्रता कायम रहोस् भनी मुख्य सचिव समक्ष आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।