पाकिम: पाकिम जिल्लाको स्थानीय एउटा गाउॅंमा चोरी भएको घटना प्रकाशमा आएको छ। अज्ञात आरोपीले नगदसहित गहनाहरू चोरी गरेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, घटना हिजो (मंगलवार) सॉंझ लगभग ६:३० बजी घटेको हो।अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेर ५०,००० नगदसहित सूनका गर-गहनाहरू चोरी गरे। पीडित परिवारले पुलिस थानामा प्राथमिकी दर्ता गराएको छ।
पुलिसले बीएनएस, २०२३ को धारा ३३१(४)/३०५(ए) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।