गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा आज जिल्ला चुनाउ अधिकारी र राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर फोटो मतदाता नामावलीको विशेष सारांश परिमार्जन (एसएसआर) सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरियो। यस अवसरमा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापालले विशेष सांरश परिमार्जन प्रक्रिया र यसको महत्वबारे जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल धिराज सुवेदीले विशेष सांरस परिमार्जनको प्रक्रियाले पहिलो पटक विशेष सारांश संशोधन प्रक्रिया दुई चरणमा गरिँदैछ, पूर्व-संशोधन र संशोधन गतिविधिहरू, जहाँ उनले २०२४ देखि २०२५ सम्मको एसएसआर तालिकाको विस्तृत विवरण प्रस्तुत गरे। यसरी नै उनले एसएसआरको लागि मुख्य योग्यता मितिबारे जानकारी गराए। यस प्रक्रियाको निम्ति छनौटको मिति जनवरी महिनाको पहिलो सप्ताह ,पहिलो अप्रेल, पहिलो जुलाई र पहिलो अक्टोबर महिना रहेको बताए।यसबाहेक उनले मतदाताका लागि बनाइएका विभिन्न फारमका बारेमा पनि उल्लेख गरे र विस्तृत रूपमा छलफल गरे। मेटाउने कार्यविधिको सम्बन्धमा उनले विभिन्न तहमा प्रमाणीकरण गर्नुपर्ने बताए। उनले सुपर-चेकिङ प्रक्रियालाई पनि जोडदै जहाँ उनले प्रमाणित प्रविष्टिहरूको सुपर-चेकिङ डीईओ, रोल पर्यवेक्षक र सीईओ स्तरमा गरिने बताए।