एसडीएफका पूर्व विधायक छिरिङ वाङदी एसकेएममा सामेल हुन इच्छुक

IMG-20240904-WA0348

गान्तोक: एसडीएफ पार्टीका वरिष्ठ नेता एवम् पूर्व मन्त्री छिरिङ वाङदी लेप्चाले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा मन्त्री लेप्चाले एसडीएफ पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुने इच्छा व्यक्त गरेका छन्। उल्लेखनीय छ, यसै वर्षको १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा लेप्चाले एसडीएफ पार्टीबाट नाथाङ माछोङ निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। सोही प्रकारले एसकेएम पार्टीका उम्मेदवार पामिन लेप्चा विरूद्ध चुनाउमा खडा भएका थिए। तर उक्त चुनाउमा उनको पराजय भएपछि यतिका दिनसम्म मौन रहेका थिए। एसडीएफ पार्टी एउटा मात्र सीट जित्न सफल भएको थियो। यसरी एसडीएफ पार्टीको नराम्रो प्रकारको हारले गर्दा लेप्चा यतिका दिनसम्म नबोली बसेका थिए। अन्ततः उनले आज मुख्यमन्त्री तामाङलाई भेट गर्दै एसकेएम पार्टीमा सामेल हुने इच्छा व्यक्त गरेको र अब शीघ्र सामेल हुने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement