जीटीए प्रमुख अनित थापाको निर्देशनपछि खरसाङको ब्लक भएको नालाहरू खोलाउने कार्य शुरु

IMG-20240904-WA0324

खरसाङ: नाली ब्लक भएर मैला पानी सबै खरसाङ बजारको सड़कभरि बगेको र स्थिति गम्भीर भएकोले आज बिहान जीटीए प्रमुख अनित थापाले उक्त क्षेत्रको निरीक्षण गरेका थिए। उनको निरीक्षणपछि ब्लक भएको नालीहरू खोलाउने कार्य शुरु गरिएको छ। खरसाङको सपिङ सेन्टर नजिक झोडामा हिजो परेको वर्षाको कारण झोडामा बगाएर ल्याएको मैला थुप्रेर झोडामा बग्ने पानी, बग्नु नपाएर सडकमा बगेको कारण खरसाङको सडक जलथल भएको थियो। आज बिहान जीटीए प्रमुख अनित थापाले उक्त क्षेत्रको निरीक्षण गरेर झट्टै झोड़ा खोल्ने र मरमत्ति गर्ने निर्देशन दिएका थिए। त्यसै अनुरुप खरसाङ अग्नि शमन केन्द्र र खरसाङ नगरपालिकाले संयुक्त रूपमा बन्द भएको झोडा खोल्ने कार्य गरेको छ।

उक्त कार्य विषयमा सभासद प्रणाम रसाइलीले जानकारी दिँदै भने, “झोडा छेउछाउका समाजहरुसँग बसेर बैठक बोलाएका छौं। हिजो खरसाङमा जुन घटना घट्यो अब फेरि फेरि घट्ने छैन। तर हामी स्वयं सचेत रहनु अनि दायित्व वहन गर्नु आवश्यक रहेको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement