खुट्टी पुजा गरेर आगोमोनी आमबारी कमिटिले गरे दुर्गा पुजाको तयारी शुरू

444b404c-6542-41a1-9e2b-cfd6ab1a74e1-1024x576

राजगञ्ज: आगोमोनी आमबारी सार्वजनिक दुर्गा पुजा कमिटीले खुट्टी पुजा गरेर दुर्गा पुजाको तयारी शुरू गरेको छ। राजगञ्ज ब्लकको आमबारी तारघेरा मैदानमा कमिटीका सदस्यहरूले बुधवार खुट्टी पुजा गरे। कमिटीले यस वर्ष पहिलो पल्ट दुर्गा पुजाको आयोजना गरिरहेको छ। पुजा पण्डालको थिम मध्य प्रदेशको स्वर्ण मन्दिर रहेको बताइएको छ।
पुजा आयोजक कमिटीले बताए अनुसार यो वर्ष आमबारी सार्वजनिक पुजा कमिटीको पहिलो वर्ष हो। पुजाको बजट लगभग ८ लाख रूपियाँ रहेको छ। पुजाको साथमा चार दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित गरिने भएको छ। पुजा अवधि धेरै संख्यामा मानिसहरू यहाँको पुजा घुम्न आउने तिनीहरूले सम्भावना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement