पहाडको कलाकारहरूलाई जी बंगलाले मञ्च प्रदान गरेकोमा समाजसेवी बिक्रम राईद्वारा जी बंगला सारेगमप मञ्चबाट नै दिए धन्यवाद

IMG-20240904-WA0294

खरसाङ: पहाडको कलाकारहरूलाई जी बंगलाले मञ्च प्रदान गरेकोमा खरसाङ महकुमा अन्तर्गत सिटोङ निवासी समाजसेवी बिक्रम राईले जी बंगला सारेगमप टिमलाई सारेगमप मञ्चबाट नै आभार व्यक्त गरेका छन्। सामाजसेवी बिक्रम राई जी बंगला सारेगमप २०२४ को एक एपिलोडमा पुगेका थिए। उनी जी बंगला सारेगमपको टप १० मा पुगेका खरसाङ महकुमा अन्तर्गत सिटोङ निवासी दिवाकर खवासलाई प्रोत्साहन गर्न तथा हौसला प्रदान गर्नलाई जी बंगला सारेगमपको मञ्चमा पुगेका थिए। जी बंगला सारेगमपको गायन प्रतियोगिता अहिले जी बंगला च्यानलबाट निरन्तर प्रसारण भईरहेछ जुन प्रतियोगितामा पहाड भेक दार्जीलिङबाट दुई प्रतियोगिता आर्यन तामाङ अनि सिटोङका छोरा दिवाकर खवास टप टेनमा पुग्न सफल भएका छन्। विशेष रुपले दिवाकर खवासको अभिभावकको रुपमा निमन्त्रणा पाएपछि समाजसेवी बिक्रम राई बुधबार कार्यक्रममा पुगेका थिए।
कार्यक्रम अवधि यस कार्यक्रमका एक जज सान्तनु मित्रले मुक्तकण्ठले सिटोङका सामाजिक कार्यकर्ता बिक्रम राईले कलकत्तामा बाढी आएको समय अनि पहाडी क्षेत्रमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै सम्पूर्ण जज लगायत दर्शकहरुले स्ट्याण्डिङ ओभियसन दिएर सम्मान जनाएको जानकारी प्राप्त भएको छ। यसरी नै प्रतियोगी दिवाकर खवासले पनि धन्यवाद ज्ञापन गरे भने बिक्रम राईले पनि यस सोको बारेमा बोल्दै युवा प्रतिभावान गायकहरु लगायत दार्जीलिङ पहाडी भेकका नानीहरूलाई पनि अवसर दिएकोमा जी बंगला सारेगमप आयोजक टिमलाई धन्यवाद ज्ञापन गरेका छन्।


यस अवधि उनले चर्चित गायक जावेद अलि, अल्बर्ट काबो अनि प्रतियोगी आर्यन तामाङसंग पनि भेटघाट गरेका छन्। उनी उपस्थित भएका एपिसोड चाढै प्रसारण हुनेछ भने यस कार्यक्रम सम्पूर्ण दर्शकवर्गले हेरिदिने पनि समाजसेवी बिक्रम राईले निवेदन गरेका छन्। स्मरण रहोस् आजको कार्यक्रममा गायक अल्बर्ट काबो लेप्चा अनि दिवाकर खवासले युगल गीत प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement