जङ्गली हात्तीको हमलामा एक युवकको मृत्यु

IMG-20240717-WA0001

अलीपुरद्वार: जङ्गली हात्तीको हमलामा एकजना युवकको मृत्यु भएको छ। मृतक युवकको नाम किशोर उरांव हो। तिनी मदारीहाटको धुमसीपारा चिया बगान निवासी थिए।
प्राप्त जानकारी अनुसार किशोर मुजनाई चिया बगान गएका थिए। त्यहाँबाट घऱ फर्किरहेको समय मुजनाई चिया बगानमा हात्तीले हमला गर्दा तिनको मृत्यु भएको बताइएको छ। घटनाको सूचना पाएपछि मदारीहाट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेको छ। यसपछि शवलाई पोस्टमार्टमको लागि अलीपुरद्वार अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement