३१औं नेपाली भाषा मान्यता दिवसको अवसरमा ६ वटा कल्याणकारी योजनाहरुकाे लोकार्पण

IMG_20220820_224425.jpg

जोरथाङ: आज जोरथाङमा ३१औं नेपाली भाषा मान्यता दिवसको अवसरमा नयाँ बजार-जोरथाङ नगर पञ्चायत (एनजेएनपी)-ले आज ६ वटा कल्याणकारी योजनाहरु लोकार्पण गरेको छ। ती योजनाहरु हुन् ‘हाम्रो बुज्रुग हाम्रो धरोहर’, ‘लेस्ट्स प्ले’, ‘मेरी आमा’, ‘चाहाना’, ‘स्नेह’ र ‘सम्मान’ हुन्।

यी जनपक्षीय योजनाहरुको आज मुख्य अतिथि मन्त्री बीएस पन्त, विशिष्ट अतिथिहरू मन्त्री एमएन शेर्पा, विधायिका सुनिता गजमेर, विधायक आदित्य गोले, विधायक केएस लेप्चा, मुख्यमन्त्रीका सल्लाहकार सीपी शर्मा, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, नयाँ बजार-जोरथाङ नगर पञ्चायत (एनजेएनपी)-का अध्यक्ष पवित्र मानव र अन्य पार्षदहरु उपस्थितिमा लोकार्पण गरियो।

आज ‘मेरी आमा’ योजनाकी लाभार्थी मम्ताज लिम्बूलाई एनजेएनपी-ले गरीबी रेखामुनिका सुत्केरीलाई आर्थिक सहयोग स्वरुप प्रदान गरिने एकमुष्ठ राशि पाँच हजार रुपियाँको चेक हस्तान्तरण गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement