मिरिक: गत ९ अगस्तको दिन कोलकाता आरजी कर मेडिकल कलेजका महिला चिकित्सकमाथि भएको निर्मम हत्याकाे प्रतिवाद जनाउँदै भारतीय जनता पार्टीले आज
मिरिक खण्ड विकास कार्यालय परिसरमा धरना प्रदर्शन गरेको छ। यस अवसरमा भाजपा जिल्ला उपाध्यक्ष राजेन मुखिया,सह सचिव एमके जिम्बा, मिरिक मण्डल अध्यक्ष अमर राणा, सुके मण्डल अध्यक्ष अमित छेत्री, जिल्ला सदस्यहरू निपचन गाेले, लाडुप घिसिङ, कार्यकर्ता परशु वाङदेल आदिकाे विशेष उपस्थिति रहेकाे थियाे। धरना शुरू हुन अघि मृतक चिकित्सकलाई सबैले श्रद्धाञ्जली अर्पण गरे। धरनामा सहभागीहरूले विभिन्न थरिका प्लाकार्डहरु बाेकेका थिए। जसमा हत्यरालाई फाँसी देऊ, नारीहरूकाे सुरक्षा गरिदेउ, वुइ वान्ट जस्टिस, नाे माेर साइलेन्स, नाे माेर भाइलेन्स जस्ता शब्दहरू लेखिएकाे थियाे। यस अवसरमा एउटा ज्ञापन पत्र पनि मिरिक खण्ड विकास अधिकारीकाे अनुपस्थितमा कार्यालयका कर्मचारीलाई भाजपा टाेलीले सुम्पेका छन्।