दार्जीलिङ: केन्द्रमा पहाड मुद्दालाई चर्चामा ल्याउन दशैं अघि भाजपा घटक दलको बैठक हुने क्रामाकपा प्रवक्ता अरूण घतानीले जनाएका छन्। दलीय नेतृत्वहरु यसबारे सांसद राजु विष्टको सम्पर्कमा रहेको जनाउँदै उनले केन्द्रलाई दबाउ बनाउन दलहरुको सामुहिक पहल हुनपर्ने कुरामाथि जोर दिएका छन्। संसदीय गणतन्त्रमा नयाँ राजनैतिक दल गठन तथा विलय ठूलो कुरा नहुने प्रतिक्रिया जनाउँदै घतानीले अर्कोतिर जातीय चिन्हारी र राष्ट्रिय पहिचानको मुद्दा निष्कर्षमा पुर्याउनु अहिलेको आवश्यकता बताए भने कालो झण्डा दलीय कार्यक्रम भए तापनि सांसद विष्टलाई अघि लगाएर मुद्दा केन्द्रित हुनमा गोरामुमो भङ्गालिन नहुने बताएका छन्।