हाई जम्पमा भारतलाई दुईवटा पदक

IMG-20240904-WA0150

पेरिस: पेरिस प्यारालम्पिक २०२४-मा भारतका शरद कुमारले पुरुषहरूका हाई जम्प टी६३ स्पर्धामा रजत र मरियप्पन थंगावेलुले काँस्य पदक जिते। मंगलवार अबेर राति भएको स्पर्धाको फाइनलमा शरद कुमारले १.८८ मीटरको जम्प लगाएर प्यारालम्पिक रेकर्डको साथ रजत पदक जिते। यो शरदको दोस्रो प्यारालम्पिक पदक पनि हो। उनले टोक्यो प्यारालम्पिक २०२०-मा १.८३ मीटरको जम्प लगाएर काँस्य पदक जितेका थिए। यस स्पर्धाममा अमेरिकाका एजरा फ्रेचले १.९४ मीटरको जम्प लगाएर स्वर्ण पदक जिते। यसरी भारतकै मरियप्पन थंगावेलुले १.८५ मीटरको जम्प लगाएर काँस्य पदक हासिल गरे। यसको साथै उनी लगातार तीनवटा प्यारालम्पिकमा पदक जित्ने भारतका पहिलो प्यारा एथलीट बने। उनले रियो २०१६-मा १.८९ मीटरको जम्प लगाएर स्वर्ण र टोक्यो २०२०-मा १.८६ मीटरको प्रयासको साथ रजत पदक जितेका थिए

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement