नेपाली जातिलाई एक सूत्रमा बाँध्ने साङ्लो हो नेपाली भाषा: अनित थापा

IMG-20220820-WA0131.jpg

दार्जिलिङ: हाम्रो राजनैतिक विचारधारा बेग्ला बेग्लै छ तर हाम्रो गोर्खापन दर्शाउने अनि हामीलाई एक सूत्रमा बाँध्ने एउटै साङ्लो छ,त्यो हो नेपाली भाषा भनी नेपाली अकादमी, दार्जीलिङ्गले आयोजना गरेको ३१औं भाषा दिवसको मुख्य अतिथिको सम्भाषणमा जीटीएको प्रमुख कार्यपाल अनित थापाले उक्त मन्तव्य पोखेका हुन्।

वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाको अध्यक्षतामा आयोजित ३१औं नेपाली भाषा मान्यता दिवस समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनि दार्जीलिङ्ग नगरपालिकाको सहयोगिता रहेको थियो। अनित थापाले सम्पूर्ण नेपाली भाषी गोर्खालाई शुभकामना दिँदै भने, “जाति प्रति हामी धेरै उत्साहित हुन्छौ। भाषाको कुरामा हामी भावुक बन्छौ। तर सहभागिता दिने समय हामी धेरै कम्ती अघि आउँछौं।”

भाषा संग्रामीबाट हामीले धेरै सिक्नु पर्छ भन्दै उनले भने, “जातिगत संस्थाहरुले कुनै पनि मुद्दा फत्ते हुन्छ भन्ने प्रमाण नेपाली भाषा मान्यताको आन्दोलनले गर्छ। यो आन्दोलन राजनैतिक नभएर गोर्खा जातिको नेपाली भाषाको आन्दोलन थियो। मलाई लाग्छ यदि गोर्खाल्याण्डको आन्दोलनलाई पनि जातिगत मुद्दा बनाउनु सकिए एक दिन मुद्दा फत्ते हुनेछ।”
राजनैतिक विचारधारा अलग भए पनि भाषाले हामीलाई आज पनि एउटै मञ्चमा उभ्यायो भन्दै भने, ” हाम्रो जातिलाई एउटा साङ्लोमा बाँध्ने एउटै सूत्र छ त्यो हो हाम्रो नेपाली भाषा। हाम्रो राजनैतिक विचार भिन्दा भिन्दै छ तर हामीलाई एक सूत्रमा भाषाले बाँध्नेछ। आजको यो भाषा दिवस समारोहको मञ्चले हामी बेग्ला बेग्लै राजनैतिक विचारधारा बोकेका नेतृत्वहरुलाई पनि एउटै मञ्चमा उभ्याएको छ। हामी गोर्खे विचारधारा बोकेर अघि बढ्ने समय आएको छ।”

आजको समारोहमा पूर्व विधायकहरु रेनुलिना सुब्बा, डा हर्कबहादुर छेत्रीको विशेष उपस्थिति रहेको थियो। आयोजकवर्गले सांसद राजु विष्ट, विधायक बीपी बजगाईलाई निमन्त्रणा पठाएको जानकारी भएता पनि उनीहरूको उपस्थिति समारोहमा देखिएन। हाम्रो पार्टीका अध्यक्ष साथै सभासद अजय एडवर्डसको समारोहमा उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement