हिजो परेको पानीले खरसाङ बजारमा गरेको ताण्डवको जीटीए प्रमुख अनित थापाद्वारा नाला झोड़ाहरू निरीक्षण

IMG-20240904-WA0188

नाला झोड़ाहरू झट्टै ठीक गर्न पीएचई र नगरपालिकालाई दिए निर्देशन

खरसाङ: हिजो मंगलबार खरसाङमा केही क्षण परेको मुसलधारे पानीले गर्दा खरसाङ बजार खोलामा परिणत भएको तथा सिलिण्डर ग्यास र स्कुटी बगाएको घटनालाई लिएर आज बिहान जीटीए प्रमुख अनित थापाले घटनास्थलको निरीक्षण गरेका छन्। उनले किन र कसरी खरसाङ बजारमा यत्ति डरलाग्दो पानी सडकमा बग्यो भन्ने विषयमा जानकारी लिन्दै निरीक्षण गरेका छन्। जीटीए प्रमुख अनित थापाले बिहान खरसाङको ब्लक भएको नाला झोड़ाहरू निरीक्षण गरेका थिए। उनले खरसाङ बजारको सपिङ महल नजिक नाला ब्लक भएको मुख्य झोड़ाको निरीक्षण गरेर समस्या समाधानको लागि झट्टै कार्य गर्न नगरपालिका र पीएचई विभागलाई निर्देशन दिएका छन्। उक्त निरीक्षणको समय अनित थापाले खरसाङ बजारमा केही क्षण परेको पानीले स्कुटी र सिलिण्डर ग्यास बगाएको घटना ठूलै हो भन्दै पीएचई र नगरपालिका बसेर झट्टै नाला झोड़ाहरू ठीक गर्ने निर्देशन दिएका छन्। यसको साथै उनले कतिवटा पाइपहरू झट्टै काटिदिने र ब्लक भएको नालाहरू खेलाउने पनि निर्देशन दिएका छन्। उनले यस घटनालाई लिएर एका अर्कालाई दोष लगाएर मात्र समस्याको समाधान हुँदैन भन्दै जनता पनि सचेत हुनु पर्ने र नाला झोड़ाहरूमा सिरक, तोषक, लुगाफाटा साथै घर बनाएको मैलाहरू नालामा नफ्याँकिदिने मानिसहरूलाई अनुरोध गरेका छन्। उनले ठूल्ठाला मुख्य नालाहरूमा भिडियो क्यामेरा जड़ान गर्ने निर्देश दिन्दै क्यामेराहरू जीटीएले प्रबन्ध गरिदिने बताएका छन्। अनित थापाले अब नाला झोड़ाहरूतिर मैला फ्याँक्दै गरेको भेट्टाएको खण्डमा जरिमाना लगाउने र पुलिसमा एफआईआर गरिदिने निर्देशन पनि दिएका छन्। उनले जनता पनि सचेत हुनु पर्ने बताएका छन्। अनित थापाको नाला झोड़ाहरू निरीक्षणको समय उनीसितै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासदद्वय श्याम शेर्पा र प्रणाम रसाइली, पेमेन्द्र गुरुङ, पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती लगायत पीएचई र नगरपालिकाको पदाधिकारीहरू र अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement