सुनसरीमा टेम्पुको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

IMG-20240819-WA0091

भद्रपुर: सुनसरीको गढी गाँउपालिका २ भमरी चोकस्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ वर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन्। हिजो साँझ साढे ६ बजेतिर को २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका १० का ४० वर्षीय रामकुमार हरिजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement