पेरिस: भारतीय प्यारा एथलीट अजीत सिंहले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै पेरिस प्यारालम्पिकको ज्याभलिन थ्रो एफ४६ वर्गको स्पर्धामा रजत पदक जिते। यस स्पर्धाको काँस्य पदक पनि भारतकै सुन्दर सिंह गुर्जरले जिते। मंगलवार अबेर राति भएको स्पर्धामा अजीत सिंहले ६५.६२ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ रजत पदक जिते। यस स्पर्धामा सुन्दर सिंह ६४.९६ मीटरको थ्रो गरी एक समय दोस्रो स्थानमा थिए तर अजीत सिंहले पछिबाट ६५.६२ मीटरको थ्रो गरी दोस्रो स्थान हासिल गरे।यस स्पर्धामा क्यूबाका गुईलेर्मो भारोना गोञ्जालेजले ६६.१४ मीटरको थ्रो गरी स्वर्ण पदक जिते। रजत पदक जितेपछि अजीतले भने, मैले टोक्यो (२०२०) प्यारालम्पिकमा असल प्रदर्शन गर्न सकेको थिइनँ। यसैकारण यसपाली मैले पदकको रंगमाथि नभएर केवल पदकमाथि ध्यान दिए। मेरो ध्यान स्वर्णमाथि थिएन अनि म केवल पदक जित्न चाहन्थे। यसैकारण म खुशी छु। म गत वर्ष वर्ल्ड च्याम्पियन थिएँ तर यस साल कोबेमा भएको वर्ल्ड च्याम्पियनशीपमा केवल काँस्य पदक जित्न सके। त्यस समय म असल स्थितिमा थिइनँ अनि मेरो ध्यान पेरिस (२०२४)-को निम्ति तयार हुनुमा थियो।