वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी

IMG-20240904-WA0080

भद्रपुर: महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ।
मंगलबार पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन्।
गत अगस्त २५विहान मुकेश बर्दिबास-१२ स्थित सडक छेउमा मृत फेला परेका थिए। मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए। मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिकुमार मण्डल र दुईजना केटीहरुले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए। राजु होटलका सञ्चालको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलिपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए। उनीहरुले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ।
मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गर्नुपर्ने बताए। उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्य भएको विश्वास गर्न नसकिने बताए। उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement