पेरिस: पेरिस प्यारालम्पिक २०२४ खेलहरूमा भारतले असल प्रदर्शनको क्रम जारी रह्यो। मंगलवार भारतीय एथलीटहरूले असाधारण प्रदर्शन गर्दै जम्मा ६ वटा पदक जिते। यसमा २ वटा रजत र ४ वटा काँस्य पदक सामेल छ। ज्याभलिन थ्रो-को एफ४६ श्रेणीमा अजीत सिंह अनि हाई जम्पर शरद कुमारले यस खेलको टी६३ श्रेणीमा रजत पदक जिते। यसको साथै पेरिस प्यारालम्पिकमा भारतको पदक संख्या २० पुग्यो। प्यारालम्पिकको इतिहासमा यो भारतको सर्वश्रेष्ठ प्रदर्शन हो। आफ्नो ट्र्याक एण्ड फील्ड एथलीटहरूका असाधारण प्रदर्शनको दममा भारतले टोक्यो प्यारालम्पिकमा जितेको १९ वटा पदकको आफ्नो गत सर्वश्रेष्ठ प्रदर्शनलाई पछि छोड़्यो। भारत यसपाली २५ वटा पदकको लक्ष्य लिएर यी खेलहरूमा ओर्लिएको छ। भारतीय एथलीटहरूले पनि यस लक्ष्यलाई पूरा गर्न आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेका छन्। भारतको पदक जित्ने क्रम अवनि लेखराको स्वर्ण पदकको साथ शुरु भएको थियो। पेरिस प्यारालम्पिकमा भारतका ८४ जना प्यारा एथलीटले हिस्सा लिएका छन्, जसले १२ वटा स्पर्धामा हिस्सा लिइरहेका छन्, जुन टोक्योभन्दा तीन अधिक हो। भारतले पेरिस प्यारालम्पिकमा अहिलेसम्म ३ वटा स्वर्ण, ७ वटा रजत र १० वटा काँस्यसहित जम्मा २० वटा पदक जितेको छ। भारत अहिले पदक तालिकामा १९औं स्थानमा रहेको छ। चीन ५३ वटा स्वर्णसहित जम्मा ११५ वटा पदक लिएर शीर्ष स्थानमा रहेको छ।