मेलबर्न: अष्ट्रेलियाई कप्तान प्याट कमिन्सलाई भारतविरुद्ध आउँदो ५ वटा टेस्ट म्याचको सीरीजमा उनको टीमअसल प्रदर्शन गरेर यस मुश्किल प्रतिद्वन्द्वीविरुद्ध गत केही सालदेखि लगातार हारको हिसाब चुक्ता गर्न सफल रहने आशा रहेको छ। यसको साथमा उनले २२ नोभेम्बरदेखि शुरु हुने बोर्डर-गावस्कर ट्रफीमा बराबरीको लड़ाइँ हुने पनि स्वीकार गरे। भारतले २०१६-१७-देखि लिएर २०२२-२३-सम्म अष्ट्रेलियाविरुद्ध लगातार ४ वटा सीरीज जितेको छ। यसमा दुईपल्ट त भारतले अष्ट्रेलियालाई उनीहरूकै माटोमा पराजित गरेको छ। कमिन्सले बताएअनुसार, अष्ट्रेलियाले गत वर्ष लण्डनमा वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलमा भारतविरुद्ध आफ्नो जीतबाट प्रेरणा लिने कोशिश गर्नेछ। कमिन्सले भने, अष्ट्रेलियामा खेलिएको गत दुईवटा सीरीजमा हामी सफल हुन सकेनौ। हामीले (भारतविरुद्ध) सीरीज नजितेको धेरै समय भइसकेको छ। अब यसमा सुधार गर्ने समय आएको छ।
उनले भने, हामीले भारतविरुद्ध लगातार खेलिरहेका छौ अनि उनीहरूले हामीलाई पराजित पनि गरेका छन् तर हामीले पनि उनीहरूविरुद्ध धेरै जीत हासिल गरेका छौं। हामी त्यही जीतहरूबाट प्रेरणा लिने कोशिश गर्नेछौ। त्यसमा गत वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल पनि सामेल छ, जसमा हामी सफल रहेका थियौं। म बोर्डर गावस्कर ट्रफीलाई लिएर उत्साहित छु। टीमका सीनियर ब्याटर स्टीव स्मिथले पनि कप्तानको कुरामा सहमति जनाए। स्मिथले भारतीय टीम सन्तुलित रहेको अनि यस टीमविरुद्ध अष्ट्रेलियाको कड़ा परीक्षा हुने बताए। उनले भने, यो सीरीज यादगार हुनेछ। भारतले असाधारण क्रिकेट खेलिरहेको छ। उनीहरूसँग असल टीम छ अनि खेलाड़ीहरूले सबै विभागमा असल प्रदर्शन गरिरहेका छन्। उनीहरूले हाम्रो देशमा पनि असल प्रदर्शन गरेका छन् तर आउँदो सीरीज रोचक हुनेछ।