दर खान दिउँसै वडा कार्यलय बन्द भएपछि सेवाग्राही हैरान

IMG-20240904-WA0079

भद्रपुर: मोरङ्गको विराटनगर महानगरपालिका वडा नम्बर १६ मा बिना सूचना वडा कार्यालय बन्द गरेर कर्मचारी र जनप्रतिनिधि तीजको दर कार्यक्रममा व्यस्त भएपछि सेवाग्राहीले हैरानी बेहोर्नुपरेको छ।
वडाबाट गर्ने दैनिक कार्यहरु बन्द गरेर तीजको दरमा रमाउँन गएपछि सेवाग्राही भने त्यसै फर्किएका थिए। विशेष कामका लागि वडा कार्यालय पुगेका धेरै नागरिकहरू त्यसै फर्किएको बताउँछन्। तर, वडा कार्यालय के कारण बन्द भएको हो भन्ने कुरा पनि थाहा पाउन नपाएको बताए।
तीज आउन केहिदिन मात्र बाँकी रहेको छ।
यसरी सूचना समेत टाँस नगरी नागरिकसँग जोडिएका कार्यालयहरु बन्द हुनुले धेरैलाई सास्ती बेहोर्नु परेको छ। वडा कार्यालय नै बन्द गरेर तीज खान जाने कर्मचारीहरुको व्यवहार प्रति कार्यालय परिसरमा भेटिएका सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन्।
सो वडाका वडाअध्यक्ष उद्वव कुमार भुजेलले भने दिउँसो ३ः४० बजे एकछिनलाई कार्यालय बन्द गरिएको दावी गरे। तर, दिउँसो १ बजे वडाकार्यालय पुगेका सेवाग्राहिले भने कार्यालयमा ताला लागेको जानकारी दिएका थिए। कार्यालयका कर्मचारी भने विराटनगर १६ स्थित दुर्गा मन्दिरमा उक्त मन्दिरको समितिले आयोजना गरेको तीज विशेष कार्यक्रममा पुगेका थिए। वडा अध्यक्षले भने कर्मचारीहरु दर कार्याक्रमबाट केहि समयमै पुन कार्यालयमा उपस्थित भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement