भद्रपुर: एक बिद्यार्थीलाई कुटपिट गरी बेहोस बनाएपछि मोरङको बेलबारी ३ स्थित भगवती माविका शिक्षक चित्र कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कक्षा ९ मा अध्यायनरत १४ बर्षिया एक छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोबेल अस्पताल लगिएको छ। बेलुका ४ बजे कुटपिट गरिएकी बालिकाको अहिलेसम्म होश आएको छैन।
बेलबारी ३ स्थित खोरिया टोलकी ति बालिकालाई बिना कारण कुटपिट गरिएको बालिकाका परिवारका सदस्यहरुले बताएका छन्।