भद्रपुर: झापाको दमकमा गौहत्या भएको छ। दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो। गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ। गाईको छाला तासेर मासु लगिएको बताइएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।