दुबई: वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को तेस्रो चक्रको फाइनल आउँदो साल ११-देखि १५ जूनसम्म प्रतिष्ठित लर्ड्समा खेलिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले मंगलवार घोषणा गऱ्यो। आईसीसीले फाइनलको निम्ति १६ जूनलाई रिजर्व डे राखेको छ। आईसीसीका मुख्य कार्यकारी अधिकारी ज्योफ एलार्डिसले भने, आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल क्रिकेट क्यालेण्डरमा सबैभन्दा महत्त्वपूर्ण म्याचहरूमा एउटा बनेको छ अनि हामीलाई २०२५ सीजनको तारिखहरू घोषणा गर्दै खुशी लागिरहेको छ। लर्ड्समा पहिलोपल्ट डब्ल्यूटीसी फाइनल हुनेछ। यसअघि साउथम्प्टन (२०२१) र ओवल (२०२३) गत दुईवटा फाइनलको आयोजन स्थल रहेको थियो। भारतले ती दुवै फाइनलमा हिस्सा लिएको थियो। भारतलाई २०२१-मा न्यूजील्याण्ड अनि २०२३-मा अष्ट्रेलियाले फाइनलमा पराजित गरेको थियो। डब्ल्यूटीसी तालिकामा अहिले रोहित शर्माको कप्तानीमा रहने भारतीय टीम शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा अष्ट्रेलिया रहेको छ।