लिस्बन: पोर्तुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले निकट भविष्यमा खेलबाट सन्न्यास लिने सम्भावनाहरूलाई अस्वीकार गरेका छन्। यसको साथमा उनी यूरो कपपछि भइरहेको आलोचनाहरूलाई लिएर चिन्तित छैनन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोलदाता रोनाल्डोले भने, यो सबै मीडियाको उपज हो। पोर्तुगलको टीमसँग समय समाप्त भएको सोच अहिलेसम्म मेरो मस्तिष्कमा आएको छैन। यी सब नचाहिँदो खबरहरूले उल्टा मलाई ईमानदार रहनको निम्ति प्रेरणा दिने गर्छ। हाम्रो प्रेरणा राष्ट्रिय टीममा सामेल भएर नेशन्स लीग जित्ने रहेको छ। हामीले यसलाई यसअघि एकपल्ट जितिसकेका छौं अनि यसपाली फेरि त्यही गर्न चाहन्छौं। अहिले मेरो योजना नेशन्स लीग जित्ने रहेको छ। हामी त्यसैको तयारीमा व्यस्त छौं। नेशन्स लीगको म्याचमा पोर्तुगलले शुक्रवार आफ्नो घरेलु मैदानमा क्रोएशियाको सामना गर्नेछ। यसरी आइतवार स्कटल्याण्डविरुद्ध म्याच रहेको छ। म्यानेजर रोबर्तो मार्टिनेजले यी दुवै म्याचको निम्ति रोनाल्डोलाई टीममा सामेल गरेका छन्। मार्टिनेजले यी दुईवटा म्याचमा टीमका स्टार खेलाड़ीले असल प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।