सोरेङ जिल्लामा आरम्भ भयो राष्ट्रीय पोषण माह

IMG-20240903-WA0346

सोरेङ: सोरेङ जिल्लाको निम्ति महिनाव्यापी राष्ट्रिय पोषण माह २०२४-को आज विधिवत उद्घाटन गरियो। सोरेङ सरकारी महाविद्यालयमा आयोजित एउटा कार्यक्रमबीच रिञ्चेनपोङका विधायक इरुङ तेञ्जिङ्ग लेप्चाले यसको विधिवत उद्घाटन गरे। कार्यक्रमको आयोजना महिला एवं शिशु विकास विभाग सोरेङ जिल्लाले गरेको थियो। यस अवसरमा जिल्ला अध्यक्ष तिला देवी गुरुङलगायत जिल्ला अनि ग्राम पञ्चायतका सदस्यहरू, जिल्ला प्रशासनका अधिकारीहरू अनि विभिन्न विभागका अधिकारीहरू साथै आशा अनि आगनवाड़ी कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले विशेष गरेर स्वास्थ्य सेवाको क्षेत्रमा आशा र आगनवाड़ी कर्मचारीहरूको सेवाकार्यको प्रशंसा गरे। कार्यक्रमअवधि जिल्लापाल धिरज सुवेदीले उपस्थित सबैलाई पोषण माहको शपथ ग्रहण गराए।
यस अवसरमा सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र र गेजिङ जिल्ला अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement