मंगनमा स्वास्थ्य जाँच शिविर आयोजित

IMG-20240903-WA0344

मंगन: मंगन जिल्लाको महिला एवम् बाल विकास विभाग र आयुष सेलको संयुक्त पहलमा आज सातौँ राष्ट्रीय पोषण माह कार्यक्रम अन्तर्गत सिङ्घिक विद्यालयमा एनिमियाको स्क्रिन शिविर एवम् आउटरिच स्वास्थ्य शिविर र विद्यालय स्वास्थ्य शिविर आयोजना गरियो। उक्त कार्यक्रममा सिङ्गिक ग्राम पञ्चायत यूनिटकी पञ्चायत अध्यक्ष फुर्कित लेप्चा, उपनिर्देशक, सीडीपीओ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य एनिमियाको जाँच, उपचार र एनिमिया सम्वन्धि कुराकानी गरेर यसको चिन्हित गर्नु रहेको थियो। एनिमियालाई प्रभावकारी रूपमा रोक्न र लड्न उचित आहारको प्रयोग, मार्गदर्शन प्रदान गर्दै सहभागीहरूलाई पोषण परामर्श प्रदान गरिएको थियो। राष्ट्रिय पोषण माहको विषयवस्तुको साथमा, राष्ट्रिय आयुष मिशनले सिक्किम सरकारको स्वास्थ्य तथा कल्याण विभागसँगको सहकार्यमा १५-१९ वर्षका किशोर-किशोरीको स्वास्थ्य जाँच र हेमोग्लोबिन स्क्रीनिङको जाँच गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement