हिमालयन सर्व सेवा फाउण्डेसनद्वारा प्लास्टिक सम्बन्धी जागरूकता कार्यक्रम सम्पन्न

IMG-20240903-WA0337

दार्जीलिङ: आज हिमालयन सर्व सेवा फाउण्डेसनद्वारा प्लास्टिक सम्बन्धी जागरूकता कार्यक्रम सम्पन्न गरियो। यसभन्दा अघि पनि यस सामाजिक संस्थाले विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेका छन् भने आज वर्ल्ड हेरिटेज मानिने घूम रेल्वे स्टेशन परिसरमा हिमालयन सर्व सेवा फाउण्डेशनका सदस्यहरूको विशेष सक्रियतामा प्लास्टिक विषयलाई लिएर सचेतना कार्यक्रम गर्दै दार्जीलिङ पहाड़की रानीका विभिन्न ऐतिहासिक, पर्यटक अनि अन्य स्थलहरूलाई कसरी प्लास्टिक मुक्त बनाउन सकिन्छ भन्ने बारे विभिन्न प्रयोगद्वारा हातले तयार गरेका होम मेड सामग्रीहरूको प्रदर्शनीको साथमा ती सामग्रीहरू विक्री वितरणको निम्ति पनि राखिएको थियो। यसको साथै यस प्रदर्शनीमा प्लास्टिकका आवश्यक समान लगायत विविध कार्यक्रम सम्पन्न गरिएको संस्थापक उज्जवल छेत्रीले जानकारी दिएका छन्।
आजको यस सचेतना कार्यक्रममा प्रमुख अतिथि समाज सेवी मिङमा गिमी शेर्पाको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रममा अन्य गणमान्य व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो। यसै क्रममा संस्थाको तर्फबाट घूम, बिजनबारी, लेबोङ, बजार आदि क्षेत्रबाट आजको विशेष कार्यक्रममा उपस्थित थिए।
यस जागरूकता कार्यक्रममा प्लास्टिकबाट विशेष प्रदुषण अधिक हुने हुनाले प्लास्टिकलाई जहींतहीं नफालेर त्यसलाई घरमा चाहिने आवश्यक सामग्रीहरू पनि बनाउन सकिन्छ साथै घरमा सजाइने विभिन्न सुन्दर सामग्रीहरू पनि बनाएर विक्री गर्न सकिन्छ भन्ने दृढ अडान लिएर हिमालयन सर्व सेवा फाउण्डेसनले प्लास्टिक जागरूकता कार्यक्रम गरेको संस्थापक उज्जवल छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement