नशामुक्त सिक्किम अभियानलाई गाउँसम्म पुऱ्याउन जिल्ला पञ्चायतको तयारी

IMG-20240903-WA0340

नाम्ची: नशामुक्त सिक्किम अभियानलाई लिएर नाम्चीका जिल्ला र ग्राम पञ्चायत सदस्यहरुबीच समन्वय बैठक बस्यो। जिल्ला पञ्चायत अध्यक्ष अञ्जीता राजालिमको अध्यक्षतामा बसेको सो बैठकले यस अभियानलाई सक्रियता दिने दिशामा छलफल गरेको छ। नाम्ची जिल्ला पञ्चायत भवनमा सम्पन्न बैठकले अभियानलाई आगामी १२ सेप्टेम्बरदेखि सञ्चालन गर्ने र नशामुक्त सिक्किम अभियानको लागि ग्राम विकास केन्द्र, ग्राम पञ्चायत एकाई, जिल्ला पञ्चायत र गैरसरकारी संघ संस्थाबीच समन्वय विस्तार गर्ने कुरामा जोड़ दिएको थियो। अध्यक्ष राजालिमले नशामुक्त सिक्किम पहलबारे बोल्दै नशामुक्त भारत अभियानको एक हिस्साको रुपमा पालन गरिएको यस राष्ट्रव्यापी कार्यक्रमलाई प्रभावी बनाउऩ सबैको जिम्मेवारी जरुरी हुने बताइन्। उनले ग्रामीणस्तरसम्म नशामुक्त जागरुकता कार्यक्रम चलाउऩ स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने बताइन् र लागुऔषधी दुरुपयोग नियन्त्रण अभियानमा सबैलाई संलग्न गराउन जिल्ला पञ्चायतसँग सहकार्य गर्न आह्वान पनि गरिन्। तिमी नाम्फिङ ग्राम पञ्चायत एकाई अध्यत्क्ष अर्पण सुब्बाले लागुऔषधी लतमा परेका व्यक्तिहरुले सामना गरिरहेका चुनौतिहरूबारे बताए। यसको खतराबाट उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न प्रत्येकबीच सहयोगको भावना जागृत हुनपर्ने उल्लेख गरे। १२ सेप्टेम्बरदेखि हुने अभियानमा सबै ग्राम पञ्चायत एकाइहरू साथै विद्यार्थी र गैरसरकारी संस्थाहरूलाई सहभागी बनाउनपर्ने सल्लाह पनि बैठकमा दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement