एकै दिनमा दुईवटा हात्तीको मृतदेह उद्धार भएको घटनाले चिन्तित वन विभाग

01-8b168c3d-6b8e-4ffc-aa5e-7adde1c5edbc

कालचिनी: शनिबार बक्सा ब्याघ्र प्रकल्पअन्तर्गत पर्ने दुई अलग अलग ठाउँबाट दुईवटा हात्तीको मृतदेह उद्धार भएको घटनाले वन विभाग चिन्तित बनेका छन् भने दुईवटा हात्तीको मृतदेह उद्धार भएको घटनाले क्षेत्रमा खैलाबैला मच्चिएको थियो। प्राप्त जानकारीअनुसार निमती झोड़ा चियाबारीको एउटा सेक्सनमा एउटा गर्भवती मादा हात्तीको शव उद्धार भएको थियो भने वन विभागले यसको पोस्टमार्टम रिपोर्ट मुताबिक़ प्यारासाइटले मृत हात्तीको पेट सबै रिक्त बनाई दिएको भेटाइएको र उक्त प्यारासाइटको नमुना संकलन गरेर जेडएसआईमा परीक्षण गर्न पठाइने जनाएका छन्। अर्कोतिर भर्नाबारी चियाबारीबाट एउटा ६-७ महीनाको नर छावाको शव उद्धार भएको र यसको पोस्टमार्टम रिपोर्टअनुसार हात्तीको झुण्डले नै किल्चिमिल्ची गर्दा उक्त छावाको मृत्यु भएको हुनसक्ने वन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement