दुई जनाद्वारा आत्महत्या

photocollage_202252222512150.jpg

गान्तोक। दक्षिण जिल्लास्थित साङमो निवासी एक महिलाले आत्महत्या गरेको जानकारी प्राप्त भएको छ। पुलिसले जानकारी गराए अनुसार आत्महत्या गर्ने महिला सन्त कुमारी पौड्यालकोरूपमा पुलिसले चिन्हित गरेकोछ। घटनाक्रम अनुसार मृतक गाईलाई घाँस काटनको निम्ति घरबाट बिहान ९ बजी निस्केकी थिइन्, तर १२ बजीसम्म घऱमा नआउँदा उनलाई खोज्न् परिवारका सदस्यहरू साथै गाउँलेहरू नजिकको जंगलमा गएका थिए। खोज्ने क्रममा उनलाई एउटा रूखमा झुण्डिरहेको अवस्थमा देखियो। यस घटनाबारे राभाङला पुलिसलाई डित परिवार पक्षले सूचना दिएका थिए। घटनाको सूचना पाउनसाथ राभाङला पुलिसवल घटनास्थलमा पुगेर शवलाई आफ्नो अधिनस्थ लिँदै कानुनी प्रक्रिया पुरागरेपछि परिवारलाई सुम्पिएको जानकारी गराएको छ।घटनाको खास कारण अहिलेसम्म पत्तो नलागेता पनि मृतकले मदिरा सेवन गर्दै आइरहेको जानकारी गराएको छ। पुलिसले यस घटनाविरूद्ध सीआरपीसी १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ। सोही प्रकारले दक्षिण जिल्लाको आदर्शगाउँ निवासी सुरज दर्जीले आत्महत्या गरेक जानकारी प्राप्त भएको छ। तिमी पुलिसले जानकारी गराए अनुसार आदर्श गाउँ निवासी सुरज दर्जी (३३) किरायाको कोठामा नै आत्महत्या गरेका थिए। मृतकले आज भन्दा १३ वर्ष अघि विबाह गरेको र उनीहरूको एउटा छोरी पनि रहेको छ। उनी दुई दिन अघि मात्र आफ्नो पत्नीसँग वादविवाद भएर दुई दिन अघि मात्र घर छोडेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *