मालदा: मालदा जिल्ला ट्राफिक पुलिसको पहलमा मंगलबारी चौरिंगी मोडमा मंगलबार दिउँसो विद्यार्थीहरू बीच सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। यस जागरूकता कार्यक्रममा मालदा जिल्ला ट्राफिक डीएसपी सुशील गुरुङ र अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। सडकमा हिड्ने विद्यार्थीलाई ट्राफिक संकेतबारे सचेत गराइन्छ र हेल्मेट नलगाई मोटरसाइकल चलाउनेलाई रोकेर हेलमेट नलगाउँदा दुर्घटनामा परेर ज्यान गुमाउने भएकाले हेल्मेट लगाएर मोटरसाइकल चलाउन सतर्क गरिएको छ। मूलतः जिल्ला ट्राफिकले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याएको हो। यद्यपि, विद्यार्थीहरूलाई सडक सुरक्षा मात्र नभएर विभिन्न विभागीय कार्य र समस्याहरूबारे पनि सचेत गराइन्छ।