दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा दार्जीलिङ डायनामोले उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत मंगलवार खेलिएको म्याचमा दार्जीलिङ डायनामोले सेण्ट रोबर्ट्स स्कूलविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सुमन राईले ११औं र २२औं मिनटमा २ गोल गरे। यसरी प्रियांशु राणाले सातौं मिनटमा गोल गरे। सेण्ट रोबर्ट्स स्कूलबाट रूनी लेप्चाले १९औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।









