जीटीएले ट्राफिक समस्याको समाधानको पहल गर्नु पर्ने हिमालयन ट्रान्सपोर्ट ज्वोइण्ट एक्शन कमिटीको माग

IMG-20240903-WA0327

दार्जीलिङ: जीटीएले ट्राफिक समस्याको समाधानको पहल गर्नु पर्ने हिमालयन ट्रान्सपोर्ट ज्वोइण्ट एक्शन कमिटीले माग गरेको छ। क्षेत्रीय समस्या समाधान गर्ने दावीअनुसार जीटीएले यो दिशामा पाइला चाल्नु पर्ने अध्यक्ष पासाङ शेर्पा अनि उपाध्यक्ष विधान तामाङले मिडिया सम्बोधनमा बताएका छन्। अर्कोतिर आवश्यक परेको बेला चालकहरु एक भइ उँभिन सक्ने उद्देश्य लिएर जुलुस गरिएको उनीहरुको भनाइ छ। यसबीच पूर्वघोषित कार्यक्रमबमोजिम घूम रेलवे स्टेशनदेखि जुलुस निकालेर हिमालयन ट्रान्सपोर्ट ज्वाइण्ट एक्शन कमिटीले उक्त मागमाथि जीटीए अनि गोर्खा जनावाजको संयुक्त आयोजनामा घूम रेलवे स्टेशनदेखि जुलुस चौरस्ता समापन गरियो भने सङ्गठनका प्रतिनिधि टोलीले जीटीए ट्रान्सपोर्ट विभागलाई ज्ञापन पत्र बुझाए।

आजको जुलुसमा ६५ वटा गाडी सिण्डिकेट अनि १६ वटा संघसंस्थाहरुले सहभागिता जनाएको बताइएको छ।

About Author

Advertisement