पानीले बगायो स्कुटी
खरसाङ: खरसाङ शहरमा केही समय मात्र पनि मुशलधारे पानी पऱ्यो भने शहरका सडकहरूमा पानी बग्ने गर्दछ, फलस्वरूप सडक खोलामा परिणत हुन्छ। आज पनि दिउँसो परेको पानी सडकभरि बगेपछि सडक खोलामा परिणत भएको थियो जसको कारण मानिसहरूलाई यहाँबाट हिँडडुल गर्न धेरै समस्या भइरहेको थियो। सडकमा पानी यति धेरै थियो कि स्कुटी, बाइक लगायत ससाना नानीहरू समेत बगाउने प्रबल सम्भावना थियो। आज त झनै एउटा स्कुटी सडकको पानीले बगाईरहेको भिडियो भाईरल बनेको देखिएको छ। खरसाङ बजारको सड़कमा यति बेसी पानी बगिरहेको थियो जसले गर्दा साना गाड़ीहरू साथै बाइट र स्कुटीहरू कुद्न धेरै असुविधा भईरहेको थियो।

खरसाङ बजार क्षेत्रमा अलिकति पानी पर्नसाथ सड़कभरि पानी बग्ने र गाड़ीहरू कुदाउन असुविधा हुने नयाँ कुरा होइन तर आजको स्थिति झनै डरलाग्दो थियो। सड़कमा बगेको मैला पानीले स्कुटी बगाएर लगेको थियो भने साना गाड़ीहरू र स्कुटी बाइकहरू कुद्न नसक्ने अवस्थामा रहेको थियो।










