खरसाङ: डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू लोकार्पित हुने भएको छ। तीनधारेको साहित्य कला संस्थानको आयोजनामा आगामी ८ सेप्टेम्बर आईतबारको दिन तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न हुने लोकार्पण कार्यक्रममा डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ अनि ‘विविध वृत्तहरूमा तीनधारे’ लोकार्पण हुने भएको छ। उक्त लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा वरिष्ठ कवि विचन्द्र प्रधान, प्रमुख अतिथिको रूपमा डा. कृष्णराज घतानी उपस्थित रहने साहित्य कला संस्थान तीनधारेको मूल सचिव सन्तोष लामाले जानकारी गराएका छन्। उनले उक्त लोकार्पण कार्यक्रममा सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। उल्लेखनीय छ तीनधारे निवासी डा. अमीर दर्जी मालबजार परिमल स्मृति महाविद्यालयको प्राध्यापक हुन्।










