सोनादा: खस भारतीय हितकारी सम्मेलन सुकना शाखाका नारी प्रकोष्टद्वारा सुकनास्थित सार्वजनिक भवनमा तीज महोत्सव शाखाका नारी प्रकोष्टकी अध्यक्षा जूनी शर्माको अध्यक्षतामा एवम् केएम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नारी प्रकोष्टकी सचिवा प्रिती शर्मा( ब्राह्मिण)ले कार्यक्रमको औचित्यबारेबारे बताउँदै सबैलाई स्वागत जनाईन्। तीजको महत्व बारेमा पूर्व शिक्षक सूर्यमणि शर्माले सारगर्भित वक्तव्य दिएका थिए। समारोहमा खस भारतीय हितकारी सम्मेलन सुकना शाखाका प्रमुख सल्लाहकार तथा केन्द्रीय समितिका उपाध्यक्ष जेबी बस्नेत, सुकना शाखाका कोषाध्यक्ष तथा केन्द्रीय समितिका संयुक्त सचिव शिक्षक कृष्ण छेत्री, शाखाका सचिव शिक्षक दुर्गा शर्मा, पूर्व शिक्षक धुर्व छेत्री आदिको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त तीज महोत्सवमा सुकना शाखाका नारी प्रकोष्टका सम्पूर्ण पदाधिकारीहरू तथा आमा एवम् चेलीहरू उपस्थित रहेका थिए। खसहरूको संस्कार संस्कृति विषयमा हाजिरी जवाब प्रतियोगिता, लोक नृत्य, लोक गीत आदि प्रस्तुत गरी सबैले खूबै आनन्द लिएका थिए भनी जानकारी प्राप्त भएको छ।











