खरसाङ: खरसाङमा भईरहेको खरसाङ महकुमा स्तरीय अन्तर कार्यालय फुटबल टुर्नामेन्ट अन्तर्गत एयर फोर्स बाघगौरा र एसआई कार्यालय खरसाङ सेमी फाइनलमा प्रवेस गरेको छ। खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको दोस्रो खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल प्रतियोगितामा आज दुईवटा क्वाटर फाईनल खेल सम्पन्न भएको छ। आज भएको पहिलो क्वाटर फाइनल खेल एयर फोर्स बाघगौरा र खरसाङ पुलिसमाझ सम्पन्न भएको थियो। यस खेलमा एयर फोर्सले पुलिस दललाई ० को विरुद्ध २ गोलले पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ। एयर फोर्सको पक्षबाट सुभाष तामाङ अनि आशिष छेत्रीले १-१ गोल गरेका थिए। आज भएको दोस्रो क्वाटर फाईनल खेल एंव टुर्नामेन्टको चौथो क्वाटर फाइनल खेलमा एसआई अफ् स्कूलका बिरेन्द्र राईले १ गोल गरे अनि खण्ड विकासको पक्षबाट बिनयले १ गोल गरेका थिए। यस खेलमा निर्धारित समयसम्म दुलै दलमाझ खेल बराबरीमा समाप्त हुँदा पेनल्टी शुट आउटमा ५ गोल अनि ४ गोलको अन्तरले एसआई अफ् स्कूल बिजयी बनेर सेमी फाइनलमा प्रवेस गरेको छ। आज भएको खेलमा बिजयी बनेका दलहरू बिजेता दलहरु सेमी फाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनल आगामी ६ सेप्टेम्बर २०२४ को दिन यसै खेल मैदानमा खेलिने छ। क्वाटर फाईनल खेलमा पराजित दलहरुलाई अतिथहरूका बाहुलीबाट स्मृति चिन्ह पनि प्रदान गरियो। यस खेलको निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायकहरु सुरेन गुरुङ, प्रमोद प्रधान अनि फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।











