भाजपा कहिल्यै पनि एक परिवारको हातमा नजाने मुख्यमन्त्री हिमन्त विश्व सरमाको भनाइ

Assam-CM

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले मंगलबार भने कि भाजपामा वंशवादको राजनीतिलाई कहिल्यै प्रोत्साहन दिइएनl आगामी २०० वर्षमा पनि पार्टी एकल परिवारको हातमा नआउने भाजपाको सदस्यता अभियान कार्यक्रममा बोल्दै असमका मुख्यमन्त्रीले भने, ‘हाम्रा नेताहरूले कहिल्यै पार्टी भित्र वंश शासनलाई बढावा दिएनन्। श्यामा प्रसाद मुखर्जी, अटल बिहारी बाजपेयी, लालकृष्ण आडवाणी, अमित शाह, जेपी नड्डादेखि शुरु गरेर. कुनै पनि नेताले भाजपामा वंशवादको राजनीतिलाई बढावा दिएनन्।‘ भाजपाको स्थापनाकालदेखि नै बलियो जग बसेको बताउँदै मुख्यमन्त्री सरमाले कांग्रेसलाई अप्रत्यक्ष रुपमा प्रहार गर्दै पार्टी कहिल्यै पनि एकल परिवारको हातमा पर्न नसक्ने बताएl उनले भने, ‘जनसंघ वा भाजपाको वर्तमान नेतृत्व जेपी नड्डाको समयमा, पार्टीको लागि धेरै बलियो आधार स्थापित गरिएको थियो, ताकि यो कहिल्यै एक परिवारको नियन्त्रणमा नहोस्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement