इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले नागरिक आबादी र सुरक्षा बलहरूमा बम खसाल्न ड्रोनको प्रयोगको निन्दा गरेl यसलाई उनले आतंकवादको कार्य भनेका छन्l आदिवासी जनजाति विरुद्धको यस्तो उग्रवादको सामना गर्न मुख्यमन्त्री सिंहले सबै प्रकारका हिंसाको निन्दा गरे, अनि मणिपुरका जनतासित घृणा, विभाजन र पृथकता विरुद्ध एकताको लागि आह्वान गरे। मणिपुरको वर्तमान तनावपूर्ण अवस्थाको बीचमा सेप्टेम्बर २ मा राज्यको सेन्जाम चिराङ मानिङ क्षेत्रमा ड्रोनद्वारा खसालेका दुईवटा बम विस्फोट भएपछि हिंसा भड्कियो। नयाँ घटनाले राज्यमा हलचल मच्चियो, घटना साँझ ६.२० बजे भएको थियो जसमा सेन्जाम चिराङ मानिङ लेइकाई निवासी २३ वर्षीय वाथम सनातोम्बी घाइते भएकी छिन्। उनी डब्ल्युगाम्भीकी छोरी हुन्l यस क्षेत्रमा बढ्दो हिंसात्मक घटनामा ड्रोनको प्रयोगलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ। अधिकारीहरूले घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न र यस खतरनाक विकासको सुरक्षा प्रभावहरूको मूल्यांकन गर्न अनुसन्धान गरिरहेका छन्।










