केन्द्रिय जनजाति मामिला राज्यमन्त्री रेणुका सिंहले सिक्किमका राज्यपाल गंगा प्रसादसँग भेट

IMG_20220820_220411.jpg

गान्तोक: आज केन्द्रिय जनजाति मामिला राज्यमन्त्री रेणुका सिंहले सिक्किमका राज्यपाल गंगा प्रसादसँग राजभवनमा शिष्टाचार भेट गरिन्।

राज्यपालसॅग भएको भेट अवधि सिक्किमसित सम्बन्धित विभिन्न विषयहरू र विकास योजनाहरूमाथि चर्चा भएको बताइएको छ। चर्चामा वन धन विकास केन्द्रको माध्यमद्वारा रोजगार एवं जन जातिय वर्गको सशक्तिकरण र एकल्वय आवासीय विद्यालयमाथि विस्तारपूर्वक चर्चा भयो।

पश्चिम सिक्किम जसलाई हालैमा आकांक्षी जिल्ला घोषित गरिएको छ भने यसका विकास योजनाहरूको समीक्षा गरिएको र विकास कार्यलाई गति प्रदान गर्न सम्बन्धित योजनाहरूबारे पनि चर्चा गरिएको बताइएको छ। राज्यपालले सिक्किमका १२ जनजातिको मान्यता मुद्दा उठाउॅंदै यस सम्बन्धमा चॉड़ो कार्यवाही गर्नु पर्ने कुरा राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement