सिलगढी: पुलिसले सिलगढीको सेभोक रोडमा रहेको सपिङ मलका म्यानेजर र एक कर्मचारीलाई पक्राउ गरेको छ। प्रबन्धकको नाम सुब्रत घोष (३४) र कर्मचारीको नाम तपस पोद्दार (२५) बताइएको छ। आइतबार राति एक व्यक्ति बुर्का लगाएर सपिङ मलमा आएर त्यहाँको स्टोर रुममा लुकेर पसल बन्द हुनेबित्तिकै बाहिर आएर सीसीटीभी क्यामेराको तार काटिदिएl नगदको बाकस फोरेर चार लाख नगद र सीसीटीभी डीभीआर चोरी गरे। सोमबार पसल खोलेर मौका पाएर बाहिर निस्किए। पछि चोरी भएको थाहा पाएपछि पसलका कर्मचारीले भक्तिनगर पुलिस चौकीमा उजुरी दिए। उजुरीका आधारमा पुलिसले पसलका म्यानेजर र एक कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई अदालतमा पठाइएको छ। सोही क्रममा घटनापछि एक सुरक्षाकर्मी फरार रहेको हुनाले पुलिसले उनको खोजी शुरु गरेको छ।