भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20240903-WA0284

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सांगठनिक सभा वार्ड नम्बर २ मा सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको १ नम्बरदेखि २० नम्बर वार्डसम्म सांगठनिक सभालाई निरन्तरता दिँदै वार्ड नम्बर २ डाउहिल सुनौलो परिवार समिति भवनमा वार्ड नम्बर २ काे सांगठनिक सभा सम्पन्न भयो। वार्ड नम्बर २ का कार्यवाहक अध्यक्ष पुष्पराज प्रधानकोे अध्यक्षतामा भएको यस सभाकोे सञ्चालन टाउन कमिटीका कार्यवाहक सचिव अनि वार्ड नम्बर २ का मूल सचिव बिरबल पख्रिनले गरेका थिए। सभामा सर्वप्रथम भागोप्रमो वार्ड नम्बर दुईका कर्मठ वार्डका दिवंगत सभापति स्व शान्ताकुमार प्रधानलाई दुई नम्बरका सम्पूर्ण सदस्य, केन्द्रीय समिति सदस्य, २८ नम्बर समष्टि सभासद लगायत महकुमा, टाउन कमिटीहाट सभामा उपस्थित सबैद्वारा १०८ वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको आत्मा शान्तिकोे निम्ति मौन धारण पनि गरियाे। आजकाे सभाको औचित्य विषय लिएर सबैलाई अवगत गराउँदै वक्तव्य राख्ने क्रममा सर्वप्रथम महकुमा नारी शक्तिका अध्यक्षा सविता कार्कीले विशेष नारी शक्तिलाई सम्बोधन गर्दै नारीहरुको भूमिका समाजकोे प्रत्येक क्षेत्रमा हुन्छ र आज संगठनमा धेरै नै निपुण सीनियर दिदीहरू जोडिएकोमा धेरै कुराहरू अझैं सिख्न पाईरहेका छौं र संगठनमा हामीलाई जस्तो प्रकारको निर्देश प्राप्त हुन्छ त्यस्तै प्रकारले हामी कार्य गर्दै जानुपर्छ भन्दै उपस्थित नारीहरुलाई आगामी ५ सेप्टेम्बरकोे दिन नारीहरुको पर्व भव्य रूपले मनाउन भनी केन्द्रीय अध्यक्ष अनित थापाले दिनु भएको निर्देश बमोजिम मनाइएको जानकारी दिँदै तीज पर्वकोे विशेषतासँग सबै नारीहरूलाई अवगत गराए। सभामा टाउन कमिटी यूवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले मुख्य रूपमा युवा कुनै पनि संगठनकोे मेरुदण्ड हुन्छ भन्दै कुनै पनि सघ संस्थाको भविष्य युवा नै हुन्छ र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे यो वर्चस्व कायम राखेर भोलिकोे दिन यो बचाएर वर्चस्व राख्ने दायित्व पनि यूवा मोर्चाकै हुन्छ किनभने यहि युवाबाट नै भविष्यमा नेतृत्व गर्न आउने छ भनी बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पहाड़कोे रुलिंग पार्टी हो विपक्ष होइन भन्दै आजको दिनमा भन्ने सुनाउने गर्ने पहाड़कोे निम्ति यहि पार्टी नै हो र यसलाई उज्यालो बनाउने कार्य हामीले नै गरेको हुनु पर्छ। आजकोे दिन खरसाङवासीले गर्व गर्नुपर्छ किनभने जीटीएका मुख्य कार्यपाल हाम्राे खरसाङकै हुनु हुन्छ अनि जति बेला गए पनि उनको दैलो सबैकोे निम्ति खुला रहेकाे हुन्छ भनी बताए। सभामा टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले जीटीएद्वारा अनित थापाकोे कुशल नेतृत्वमा पहाड़ले पाएको उपलब्धिहरुकाे जानकारी दिए। सभामा महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङले दिवंगत भागोप्रमोका सदस्य सन्तकुमार प्रधानलाई नमन् गर्दै आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बाँचेको छ भने जनताले गर्दा नै हो र जति पनि आज पदमा बसेर माथि उच्च स्तरमा पुगेका छन् त्यो पनि जनताकै देन हो भन्दै संगठनमा कार्यकर्ताहरूसँग गल्ती भएकोेले रुष्ट भएर होइन, भनेर सुधार गर्नु पर्छ भनी बताएका छन्। उनले आज पहाड़मा शान्तिकोे माहोल छ, कहीँ अशान्ति छैन। यहाँ विकास भईरहेकाे छ र यो सबै अनित थापाको सोच र कुशल नेतृत्वकोे फल हो भनी बताएका छन्। सभामा २८ नम्बर समष्टिका सभासद श्याम शेर्पाले विगतमा सिस्टममा धेरैं गल्ती भएको हाेला र त्यसैकोे परिणाम हामीले विगतकोे चुनावमा देख्न पायौं र अब जति पनि कार्य जनताकोे हितमा हुन्छ त्यो सबै सिस्टममा हुनेछ भनी बताएका छन्। उनले बाहिरकोेहरु आएर जीटीए क्षेत्रकोे पहाड़कोे क्षेत्रीयता मासेकोकोेमा सबैलाई ध्यान केन्द्रित गराउदैं क्षेत्रीयता बचाउनकोे निम्ति क्षेत्रीय पार्टी हुन् जरूरी छ भन्दै वार्डवासीहरुलाई परेको खण्डमा म हमेशा उपस्थित रहेने छु भन्नु भयो। मुख्य वक्ताको रूपमा पर्यवेक्षक समीरदीप ब्लोनले आफ्नो सम्बोधनमा पहाड़मा जति पनि राजनीतिक पार्टीहरु छन् चुनाव आएपछि जनताकोे समक्ष चिन्हारीकोे मुद्दा हाम्रो गोर्खाल्याण्ड हुनुपर्छ एउटै घाेषणा पत्र लिएर चुनाव लड़छ तर चुनाव जिते पछि चुनाव मा घाेषणा पत्रमा जारी गरेर जनताकोे भोट लिने तर जनता आकांक्षा पूरा गरेकोे खोइ भन्दै प्रश्न चिन्ह लगाउँदै, १९८६ देखि अहिलेसम्म पहाड़को जनतालाई भ्रमित मात्र गर्ने काम गरे भनी बताए। समीरदीप ब्लोनले भने, २०२१ मा निस्केको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले घाेषणा पत्र मा भनेको पहिलो प्रस्ताव गोर्खाल्याण्डको मुद्दा जीटीएमा पारित गरेर पठाउनेछौँ, पञ्चायत राज फर्काएर ल्याउँछौँ, स्कूल सर्विस कमिसन लागू गराउँछौ। ती सबै जनताकोे हितमा पुरा गरे।गोर्खाल्याण्ड ल्याउँछु १५ वर्ष राज गरेर २० वर्ष टेक्ने पार्टी तथा उनीहरुको अलायन्स पार्टीहरुले अब त उल्टा उल्टा कुरा गरेर जनतालाई अझ पनि भ्रमित गर्ने कार्य गर्दैछ। घरी यूटी घरी पीपिएस भनेर जब कि पिपीएस के हो उनीहरूलाई थाह छैन। उनीहरूले भोट ब्याङ्क कोे राजनीति मात्र गरिरहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भनेको कार्य पुरा गर्ने काम गरिरहेको छ र अघि पनि जनताकोे निम्ति वचन बद्ध छ।’ समीरदीप ब्लोनले अघि भने, ‘पहाड़कोे विकासकोे निम्ति जनता पनि जागरुक हुन् आवश्यक छ। त्यसको निम्ति सचेत भएर कार्य गर्नुपर्छ। सभामा पार्टीकोे धरातल मजबूत अनि सुदृढ बनाउनमा सहयोग गर्न हेतु राखिएको हो भन्दै सबै सबैले निष्ठापूर्वक कार्य गरिदिने आग्रह गर्दछु।’

अन्त्यमा सभाध्यक्षले आफनो सम्भाषणसंगै सभा समाप्तिको घोषणा गरे भनी प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement