दोस्रो टेस्ट म्याचमा पाकिस्तानलाई ६ विकेटले पराजित गरी सीरीज क्लीन स्वीप गऱ्यो बंग्लादेशले

IMG-20240903-WA0269

रावलपिण्डी: बंग्लादेश क्रिकेट टीमको निम्ति आजको दिन यादगार रह्यो। खेलको प्रत्येक विभागमा असाधारण प्रदर्शन गर्दै बंग्लादेशले मंगलवार आयोजक पाकिस्तानलाई दोस्रो टेस्ट म्याचमा ६ विकेटले पराजित गऱ्यो। बंग्लादेशले यसअघि पहिलो टेस्ट म्याचमा पनि १० विकेटले जीत हासिल गरेको थियो। यसरी पाकिस्तानलाई उनीहरूकै घरमा ध्वस्त गरी बंग्लादेशले दुईवटा टेस्ट म्याचको सीरीजमा ऐतिहासिक क्लीन स्विप गऱ्यो। पाकिस्तानको यो बंग्लादेशविरुद्ध पहिलो सीरीज हार हो। वर्षाले गर्दा पहिलो दिन कुनै खेल नहुँदा दोस्रो टेस्ट केवल चार दिनको रहेको थियो अनि बंग्लादेशका कप्तान नजमुल हसन शान्तोले टस जितेर पहिला बलिंग गर्ने फसेला गरेका थिए। पाकिस्तानले पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा २७४ रन बनाएको थियो। जवाफमा बंग्लादेशको पहिलो ईनिंग्स २६२ रनमा समाप्त भएको थियो। यसरी पाकिस्तानले पहिलो ईनिंग्सको आधारमा १२ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि पाकिस्तानले आफ्नो दोस्रो ईनिंग्समा १७२ रन बनाउँदा बंग्लादेशलाई जीतको निम्ति १८५ रनको लक्ष्य हासिल भएको थियो। यस लक्ष्यलाई बंग्लादेशले आज म्याचको पाँचौं तथा अन्तिम दिन केवल ४ विकेट गुमाएर हासिल गऱ्यो। बंग्लादेशको यस जीतमा लिटन दास हीरो रहे कारण बंग्लादेशको पहिलो ईनिंग्समा एक समय स्सकोर ६ विकेटमा केवल २६ रन रहेको थियो। त्यहाँबाट लिटनले १३८ रन बनाउनको साथै मेहदी हसन मिराजसँग सातौं विकेटको निम्ति १६५ रनको पार्टनरशीप गरी टीमलाई २६२ रनसम्म पुऱ्याएका थिए।

बंग्लादेशले साल २०००-देखि टेस्ट क्रिकेट खेलिरहेको छ। त्यस समयदेखि लिएर अहिलेसम्म बंग्लादेशले केवल ४ पल्ट दुई या त्यसभन्दा अधिक म्याचको द्विपक्षीय सीरीजमा कुनै टीमविरुद्ध क्लीन स्वीप गरेको छ। पाकिस्तानभन्दा अघि उनीहरूले २००९ (२-०) र २०१८-१९ (२-०)-मा वेष्ट इण्डिज र २०१४-१५-मा जिम्बाब्वे (३-०)-विरुद्ध सीरीज क्लीन स्वीप गरेका थिए। यसबाहेक बंग्लादेशले २०२२-२३-मा आयरल्याण्ड, २०१९-२०-मा जिम्बाब्वे र २०२१-मा पनि जिम्बाब्वेलाई एकमात्र टेस्टको सीरीजमा पराजित गरेको थियो। यसरी पाकिस्तानले दुई या त्यसभन्दा अधिक टेस्ट म्याचको सीरीजमा १७औं पल्ट क्लीन स्वीपको सामना गर्नु पऱ्यो। यसरी घरेलु सीरीजमा पाकिस्तानले दोस्रोपल्ट क्लीन स्वीपको सामना गर्नु पऱ्यो। यसअघि २०२२-२३-मा ईंग्ल्याण्डले पाकिस्तानलाई ३ वटा टेस्ट म्याचको सीरीजमा ३-०-ले पराजित गरेको थियो। यसपाली शान मसूदको कप्तानीमा पाकिस्तानले बंग्लादेशविरुद्ध निराशाजनक हारको सामना गर्नु पऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement