सिलगढी: गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा विधाननगर पुलिस स्टेशनले सोमबार सिलगढी डिभिजनको फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेक पोस्ट क्षेत्रमा छापा मारेको छ। यस कारबाहीमा बालुवा र ढुङ्गाले भरिएका दुई वटा ट्याक्टर बरामद गरिएको छ। पुलिसले ट्रयाक्टर चालकलाई वैध कागजात देखाउन आग्रह गरे पनि सकेन। चालकले वैध कागजात देखाउन नसकेपछि अवैध बालुवा ढुङ्गा बोकेका दुई ट्याक्टर नियन्त्रणमा लिएर दुवै ट्याक्टरका चालकलाई पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सरोयन महतो र दिनेश पहान रहेका छन्। मंगलबार पक्राउ परेकाहरूलाई सिलगढी डिभिजनल अदालतमा पेश गरियो।










