दुइ दिनेव्यापी भाषा दिवस पालन गरियो

IMG_20220820_214627.jpg

मङ्गलबारे: भाषा मान्यता दिवसको अवसरमा सोरेङ जिल्लाअन्तर्गत एसएल दाउ ग्याछो काजी वरिष्ठ माध्यामिक पाठशालाको प्रेक्षागृहमा आज दुई दिनव्यापी ३१औं नेपाली भाषा मान्यता दिवस भव्य रूपमा सम्पन्न भयो।स्मरण गराइन्छ, प्रथम दिनको कार्यक्रम गत १८ अगस्तमा सम्पन्न भएको थियो। उक्त दिनको कार्यक्रममा नेपाली, मंगर, राई, तामाङ, भोटिया र लेप्चा कविता वाचन प्रतियोगिता, नेपाली हस्तलिपी प्रतियोगिता, चित्रकला लेखन प्रतियोगिता आदि सम्पन्न भएको थियो। यस कार्यक्रमको आयोजना स्फुरण साहित्य प्रकाशन, नेपाली भाषा मान्यता दिवस समारोह समिति एवं मङ्गलबारे वरिष्ठ माध्यमिक पाठशालाको संयुक्त तत्वाधानमा भएको हो।मुर्धन्य साहित्यकार प्रवीण राई “जुमेली”-ले अध्यक्षता गरेको यस कार्यक्रममा पूर्व राज्यसभा सांसद, मन्त्री एवं लेप्चा भाषाका ज्ञाता ओटी लेप्चा मुख्य अतिथि रहेका थिए। कार्यक्रम शुरू हुनभन्दा अघि मुख्य अतिथिले पौराणिक सामग्रीहरू र नेपाली भाषा मान्यतासँग सम्बन्धित फोटोहरूको प्रदर्शनीको अवलोकन गरेका थिए।कार्यक्रमका अध्यक्ष प्रवीण राई “जुमेली”-ले सम्बोधनमा संस्कृति जहिलै पनि संक्रमणमा हुने बताए। आध्यातमिक दृष्टि पनि हुन जरूरी रहेको बताउँदै उनले आध्यत्म र भौतिक ज्ञानको समन्वयले नै जीवनले सार्थकता पाउने उल्लेख गरे। भाषालाई साहित्यको रूपमा मात्र प्रयोग नगरेर अन्य विषयमा पनि प्रयोग गर्नुपर्ने उनले बताए। कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि ओटी लेप्चाले भाषा-साहित्यको विकासको लागि यसरी एकजुट भएकोमा उपस्थितजनलाई धन्यवाद दिए। हरेक जातिले आफ्नो भाषा बचाउन परिवारमा आफ्नै भाषामा बोल्नु पर्ने कुरामा जोर दिँदै आफ्नै जातिको भाषा सिक्ने अनुरोध गरे। भाषा-साहित्य विषय आफ्ना विचारहरू प्रकट गर्दै उनले भाषा-साहित्यको विकासको लागि सुझाउहरू दिए। त्यसरी नै स्वागत भाषण राख्ने क्रममा आयोजक समितिका अध्यक्ष सन्तोष आलेले कार्यक्रमको औचित्य विषय प्रकाश पारे। उनले २०१५ देखि मङ्गलबारेमा नेपाली भाषा दिवस पालन गर्न शुरू गरेको जानकारी गराउँदै यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय जातिहरूमा साँस्कृति क्रान्ति ल्याउनु रहेको बताए।यस विषयमा सफलता प्राप्त भइरहेको बताउँदै स्थानीय गाउँ-ठाउँका नामहरू अन्य भाषाको प्रभावमा परेर अप्रभंश भएको कारण यसलाई संसोधन गर्न सरकारसमक्ष माग राखिसकेको बताए। आयोजक समितिले नेपाली भाषा मान्यता दिवसमा सरकारी विदा हुनुपर्ने कुरामा पहल गरेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement