एक गृहिणीको अस्वाभाविक मृत्यु

IMG-20240725-WA0210

फालाकाटा: फालाकाटामा एकजना गृहिणीको अस्वाभाविक मृत्यु भएको खबर छ।जानकारी अनुसार, सात महिना अघि फालाकाटाको देवगाँउका एकजना युवकसित घोकसाडांगा निवासी युवतीको विवाह भएको थियो। गत केही दिन अघिदेखि उनी आफ्नो पिताको घरमा बस्दै आइरहेका थिए। दुई दिन अघि मात्र उनी ससुरालीबाट फर्किएका थिए। यसपछि गत राति घरभित्र नै गृहिणीको लाश झुन्डिएको अवस्थामा भेट्टाइयो। यसपछि परिवारका सदस्यहरूले फालाकाटा थानालाई सूचित गरेपछि घटनास्थलमा पुगेर फालाकाटा थाना पुलिसले शवलाई उद्धार गरेर फालाकाटा सुपर स्पेशलिटी अस्पतालमा लगे। यसपछि फालाकाटा सुपर स्पेशलिटी अस्पतालमा म्याजिस्ट्रेटका रूपमा फालाकाटाका बीडीओ अनिक राय, फालाकाटा थानाका पुलिस अधिकारी अनि देवगाँउ ग्राम पञ्चायत प्रमुख सरीना खातून आइपुगे। शवलाई पोस्टमार्टमको लागि यहाँबाट अलिपुरद्वार जिल्ला अस्पतालमा लगिने भएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement